अर्थखबर फटाफट

नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Thrill Factory
Rungta Group

काठमाडौं, असार १८। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १५ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ४२९ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ६५० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत  आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी असार ३१ गते २५औं साधारण सभा बोलाएको छ ।

सभा आफ्नै भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । साथै सभाको अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button