अर्थ

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सानिमा लाइफको कस्तो छ वित्तीय अवस्था ?

Thrill Factory
Rungta Group

काठमाडौं-सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ ९ गते निवेदन दिएको छ ।

कम्पनीले आईपीओ निष्कासन विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको उक्त आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।

केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९ करोड ३६ लाख ८६ हजार नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ६७ लाख ७१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड २७ लाख ९० हजार पुगेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २० करोड ६३ लाख २१ हजार र जीवन बीमा कोषमा रू. १ अर्ब ९२ करोड ३५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ९६९ जनालाई रू. ८ करोड ५० लाख ५२ हजार दाबी भुक्तानी गरेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button