No Image Headlineअर्थदेशमुख्य खबर

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु सामाजिक सुरक्षा कोष विरुद्ध किन आन्दोलनमा ?

Thrill Factory
Rungta Group

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्ध  आन्दोलन शुरु गरेका छन् ।

पहिलो चरण अन्तर्गत उनीहरुले आफ्नो कार्यालय अगाडि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गरेका छन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै उनीहरु असन्तुष्ट रहेका छन्

।कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि उनीहरुले आन्दोलन शुरु गरेका हुन् । सिद्धार्थ बैंकमा कार्यरत विशालबावु खतिवडाले विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको बताएका छन् ।

कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेका प्रदर्शन गरेका थिए ।

यसैगरी नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले पनि विगत २ बर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला र पारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोले आन्दोलनमा उत्रनु परेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button