यस्तो पनि

भ्रष्टाचारीले २० लाख घूस आगोमा जलाएर खरानी बनाएपछि….

Thrill Factory
Rungta Group

नयाँदिल्ली । विश्वमै भ्रष्टाचारको बोलवाला बढीरहेको छ । भ्रष्टाचारले आक्रान्त बनेका कतिपय देशमा भ्रष्टाचार निर्मुल पार्नुपर्छ भन्ने आवाजहरु पनि बेला- बेलामा उठिरहेको सुन्न र देख्न पाइन्छ ।

भ्रष्टाचार गर्दिन र गर्नु हुँदैन भन्ने त सवैले भन्ने गरेको पाइन्छ । तर  व्यवहारमा लागू भएको भने देखिदैन । बरु सुशुप्त अवस्थामा भ्रष्टाचारले कसरी जरो गाडिरहेको छ र उनीहरु के गर्नसम्म तयार हुँदा रहेछन् भन्ने कुरा भारतको राजस्थानको सरोही जिल्लामा देखिएको छ ।

घटना विवरण अनुसार  भ्रष्टाचारको आरोपमा एक जना तहसीलदार कल्पेश जैनलाई रंगेहात सरकारी निवासमा पक्राउ गर्न भ्रष्टाचार नियन्त्रण व्यूरो(एसीबी) बाट टोलि खटिएको थियो तर उसले  एसीबी टोलिकै सामुन्ने घूस वापत लिएको २० लाख भारु क्षणभरमै आगोले जलाएर नष्ट गर्यो ।

एसीबीको टोलिले नगद नजलाउन पटक – पटक दिएको चेतावनीको बेवास्ता गर्दै उसले ग्यास चुल्होमा जलाएर उक्त परिमाणको रकम खरानी बनाएको थियो  ।

तहसीलदारले आफ्नो निवासको भान्छामा नगद आगोले खरानी बनाइरहँदा एसीबीको टोलि भने घरको ढोका ढकढकाइ रहेको थियो ।  अन्त्यमा ढोका नखोलेपछि एसीबीको  टोलिले बाध्य भएर ढोका फोरेर आधा जलेको नोट बरामद गरेको थियो । उसलाई पनि एसीबीको टोलिले नियन्त्रणमा लिएको छ ।

सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार सरकारी जमीनमा लगाइएको रुख कटानको टेण्डर स्वीकृत गरेवापत उसले ठेकेदारसँग ५लाख भारु घूस मागेको थियो । तर अन्तयमा १ लाख भारु भने दिने सहमति भयो ।

त्यतिकैमा  पूर्वसूचना पाएको एसीबीको टोलिले उसलाई रंगेहात पक्राउ गर्न प्रयास गरे तर सफल हुन पाएन । तत्काल भागेर सरकारी निवास छिरेका उसले ढोका बन्द गरेर उक्त नोटसहित अन्य नोट  पनि आगोमा जलाएको थियो ।

एसीबीले ग्यास चुल्होमा शंकास्पद अन्यसहित करीब २० लाख भारु जलाएको बताएको छ । घटनाका सम्वन्धमा अभियुक्तलाई हिरासतमा  राखेर कारवाही प्रक्रिया अगाडि बढाइएको  प्रहरीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले बिहीवार समाचार छापेका छन् । एजेन्सीहरु

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button