अर्थखबर फटाफटदेश

निगमले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्ने

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाल वायु सेवा निगमले सातामा ६ अन्तर्राष्ट्रिय उडान भर्न पाउने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले निगमलाई जुलाईका लागि ६ गन्तव्यमा उडान गर्न अनुमति दिएको हो।

प्राधिकरणको स्वीकृतिअनुसार निगमका विमानले आइतबार र मंगलबार कतारको दोहा उडान भर्नेछन् । यस्तै, बुधबार दोहा र दिल्ली दुईवटा उडान भर्नेछन्।

शुक्रबार जापानको नारिता र शनिबार मलेसियाको क्वालालम्पुर उडान भर्ने अनुमति निगमले पाएको छ।

प्राधिकरणले नौवटा एयरलाइन्सलाई सातामा २१ वटा उडान गर्नेगरी अनुमति दिएको छ, जसअनुसार भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानका गन्तव्य तोकिएका छन्।

हिमालयन एयरलाइन्सले चार तथा कतार एयरवेज, जजिरा एयरवेज र टर्किस एयरलाइन्सले सातामा २–२ उडान भर्ने अनुमति पाएका छन् । यस्तै, एयर अरेबिया, मालिन्दो एयर, एयर इन्डिया, फ्लाइ दुबई र सलाम एयरले सातामा १-१ उडान भर्नेछन्।

नयाँ तालिकाअनुसार आइतबार एउटा मात्रै उडान हुनेछ। सोमबार, मंगलबार, बुधबार र बिहीबार ३-३ तथा शुक्रबार र शनिबार ४-४ वटा उडान हुनेछन्। अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सहरूले जुलाईका लागि उडान अनुमति मागेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button