खबर फटाफटप्रदेश

माहोल बनाउँदै मेयर सरावगी

वीरगञ्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगीले आसन्न स्थानीय चुनावलाई लक्षित गरी आफ्नो पक्षमा महोल बनाइरहेका छन् ।

महानगर क्षेत्रमा नेता कार्यकर्ताहरुसँगको भेट र वीरगञ्जको विकास र योजनाका बारेमा सघन छलफल चलाइरहेका सरवागीले अन्य दलका नेताहरुलाई नेकपा एमालेमा भित्र्याउने क्रमलाई पनि तीव्र तुल्याएका छन् ।

यसैक्रममा जनता समाजवादी पार्टीका पर्सा क्षेत्र नम्बर २ का उपाध्यक्ष असर्फी साह कानु, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सदस्य राजकुमार कानु, भरत यादव, उमेश साह, बिस्वनाथ महतो, जगरनाथ ठाकुरलगायतका ब्यक्ति नेकपा एमाले प्रवेश गरेको छन्।

यसअघिको चुनावमा संघीय समाजवादीबाट चुनाव जितेका सरावगी हालै एमालेमा पसेका थिए । एमालेले उनलाई आसन्न स्थानीय निर्वाचनका लागि वीरगञ्ज महानगरको मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button