
ईलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डीएसपी खगेन्द्र खड्काका अनुसार २२ वर्षीय रवीन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्। उनीहरू दुवै बम विस्फोट भएको घरमा डेरा गरी बस्दै आएका थिए।
घाइतेमध्ये थापाको विराटनर आँखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको खड्काले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुतली बम बिस्फोट भएको डीएसपी खड्काले जानकारी दिए। घटनामा कुनै भूमिगत समूहको संलग्नता रहेको हुनसक्ने उनले बताए।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको छ। हिमाल सुरक्षा परिषद् हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो।
गत फागुन १५ मा एक विज्ञप्ति निकाल्दै यस संगठनले सशस्त्र युद्धको घोषणा गरेको थियो। परिषद्को नाममा झापाको विर्तामोड र दमकमा बम आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।



