
पाँचथरको फिदिम–२ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए ।
सुनसरीको इहटरी उपमहानगरपालिका–५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् ।
उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।



