खबर फटाफटप्रदेश

मधेश प्रदेशसभा : तीन समितिका सभापति चयन

मधेश प्रदेशको प्रदेशसभाअन्तर्गतका तीन समितिमा रिक्त रहेका सभापतिहरूको चयन गरिएको छ ।

मंगलबार भएको चुनावमा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव चयन भएका हुन् ।

यी दुई समितिका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, एक जनाको मात्र उम्मेदवारी परेको प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगतप्रसाद यादव चयन हुनु भएको छ ।

यसैबीच, सार्वजनिक लेखा समिति सभापतिसमेत सत्ता पक्षले लिएकोप्रति विपक्षी दल लोसपाले आपत्ति जनाएको छ । लेखा समितिको सभापति विपक्षी दलले पाउनुपर्नेमा मान्यतालाई गठबन्धनले बेवास्ता गरेको लोसपाका नेताहरूको आरोप छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button