
मकवानपुर प्रहरीले एक महिलाको डेराबाट लागुऔषध बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका वडा–४ छतिवन घर भएर हाल हेटाैंडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने वर्ष २९ की नानीमाया खत्रीको डेरामा लागुऔषध बरामद गरेको हो ।
डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्पिन २५० एम्पुल गरी ७९८ एम्पुल लागुऔषध लुकाइराखेको अवस्थामा फेला परेर उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई शुक्रबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो ।



