अर्थखबर फटाफटप्रदेश

साबुन फ्याक्ट्रीमा आगलागी, ५० लाखको क्षति

सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ ।

वडा नम्बर ७ स्थित छिन्नमस्ता साबुन फ्याक्ट्रीमा मंगलबार बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीमा करिब ५० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीका कारण तयारी अवस्थामा रहेको १२ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेर क्षति भएको छ । सो आगो राजविराज नगरपालिको दमकल, प्रहरी र स्थानीय मानिसको सहयोगमा दिउँसोतिर नियन्त्रण लिइएको छ ।

सो फ्याक्ट्री जिल्लाको बोदेवरसाइन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्बर ६ का प्रमोद कुमार साहले संयुक्तमा सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button