खबर फटाफटप्रदेश

३ लाख नक्कली रुपैयाँसहित बाराबाट एक युवक पक्राउ

सशस्त्र प्रहरीले बाराबाट झण्डै तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ७ पिपरियाका किशोरी साह रहेका छन्। ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई बाराको सिम्रौनगढ नगरपालिका २ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनको साथबाट एक हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए।

उनको साथबाट १२ हजार १४५ रुपैयाँ सक्कली नेपाली रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। साहलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको डिआइजी मगरले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button