वीरगञ्जको पत्रकारिताको विकासमा सधैं साथ दिन्छु-नगर प्रमुख सरावगी

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आफू पदमा रहे पनि नरहे पनि व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग दिने बताएका छन् ।
स्व. विन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित स्व.विजयप्रकाश विन दोस्रो स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रमुख सरावगीले इतिहासलाई जीवित राख्न अग्रजहरुको योगदानको सम्मान गर्न आवश्यक रहेको बताए ।
उनले वीरगन्ज महानगरपालिकाले सञ्चार माध्यमहरुको विकास र सम्वद्र्धनका लागि पहिलो पटक सञ्चार ऐन ल्याएको बताउदै यसले वीरगन्जको पत्रकारिताको विकास र वीरगन्जको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरुको सम्मान र सामाजिक काममा महानगरपालिकाले साथ र सहयोग गर्ने प्रतवद्धता व्यक्त गरे । महानगरपालिकाले जस्तै अन्य स्थानीय तहहरूले पनि सहयोग गर्नुपर्ने उनले आग्रह गरे ।
अहिलेसम्म आफूले गरेको काममा सञ्चार माध्यमहरुले गरेको टिकाटिप्पणीहले आफूलाई सकारात्मक काम गर्नलाई प्रेरित गरेको बताए । पत्रकार पुरूषोत्तमसिंह भट्टराईलाई नगदसहित दोस्ल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले स्व.विन्दुदेवी पाण्डे र स्व.विजयप्रकाश विनले पर्साको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका थिए ।



