
विलविजकभन्दा बढी मालसामान लोड गरी हिँडेको एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नं ८ भारतीय महावाणिज्य दूतावास चोकको सडकखण्डमा ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
जाँच गर्दा केही समानहरुको भन्सार प्रज्ञापनपत्र रहेको र बाँकी सामानहरुको प्रज्ञापनपत्र साथमा नरहेको भेटिएपछि चालकसमेतलाई नियन्त्रणमा लिएर बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएको मालसामानको मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।



