खबर फटाफटप्रदेश

क्यान्सर पीडितलाई भत्ता दिँदै प्रदेश २ सरकार

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका छन्।

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए ।

‘क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन्’, मुख्यमन्त्री राउले भने, ‘अब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।’ लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button