खबर फटाफटप्रदेश

भाठा धामलाई प्रवद्र्धन गर्न नेता रौनियारको माग, मन्त्रीलाई बुझाए ज्ञापन

जनता समाजवादी पार्टी (जसपा) का नेता एवम् पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले पर्साको भाठाधामस्थित दुधेश्वर नाथ मन्दिरको संरक्ष्ण तथा प्रबर्धन गर्न माग गरेका छन् ।

रौनियार नेतृत्वको टोलीले मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि वन तथा वातावरण मन्त्री रामसहाय यादवलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

रौनियारले मन्त्री यादवलाई ज्ञापन बुझाउँदै प्रसिद्ध धार्मिक स्थल भाठाधाम स्थित दुधेश्वर मन्दिरसम्म पुग्नका लागि सडक निर्माण गनुपर्ने र जंगलबीचको बाटोमा सुरक्षित यात्रा गर्न सकिने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

रौनियारसहित सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरी, निमित्त प्रमुख प्रशाश्किया अधिकृत राजेश प्रसाद रौनियारलगायतले भाठाधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button