
नेपाली कांग्रेसको इतिहासमा आमनिर्वाचनमार्फत चुनिएर पाँच जना प्रधानमन्त्री भएका छन् । तीमध्ये चार जनालाई तराई-मधेसले निर्वाचित गरेर पठाएको थियो ।
भलै उनीहरू ‘मधेसी’ समुदायका भने थिएनन् । २०१५ सालमा क्षेत्र नं. ३२ मोरङबाट निर्वाचित भएपछि बीपी कोइराला प्रधानमन्त्री भएका थिए ।
२०४८ सालमा मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ३ बाट विजयी भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।
२०५६ सालमा कृष्णप्रसाद भट्टराई पर्सा क्षेत्र नं. १ बाट र २०७० सालमा सुशील कोइराला बाँके क्षेत्र नं. ३ बाट संविधानसभामा निर्वाचित भएर प्रधानमन्त्री भए ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा मात्र पहाडी जिल्ला डडेलधुराबाट निर्वाचित हुने गरेका छन् ।



