No Image Headlineअर्थ

उपभोक्ता ठग्ने ६ व्यापारिक फर्मविरुद्ध मुद्दा, हार्डवेयरदेखि ट्याक्सी चालकसम्म

Thrill Factory
Rungta Group

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ ओटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुई ओटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार ओटा एकल अनुगमन तथा १२ ओटा संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ ओटा फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।

जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट विक्रीवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना माग गर्दै मुद्दा दायर गरिएको बताइएको छ ।

एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले बताएको छ ।

यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान विक्री गरेकाले एक वर्ष कैद र  १० हजार रुपैयाँ जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताए ।

यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।

उक्त कार्यालयले दशैंका बेला बजार अनुगमन गर्दा चार ओटा कम्पनीले ठगी गरेको बताएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button