खेल संसार

नेपाल र भारतबीचको पहिलो मत्रैपूर्ण खेल बराबरी

Thrill Factory
Rungta Group

काठमाडौ– नेपाल र भारतबीचको पहिलो मत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् ।

खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो ।

भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए । तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा गोल गरेका थिए ।

बाँकी समयमा दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर पाए पनि बललाई जाली चुमाउन सकेनन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button