No Image Headlineखबर फटाफटदेश

सबै नेपालीले आज अफगानिस्तान छाडिसक्ने

Thrill Factory
Rungta Group

काठमाडौ- तालिबानले विदेशीले अफगानिस्तान छाड्न दिएको समयसीमा आज सकिँदै छ ।

अमेरिकासहितका विदेशी फौज र विदेशी नागरिकले सोमबार रातिसम्म नै अफगानिस्तान छाडिसकेका छन् । तर त्यहाँ रहेका करिव २ सय हाराहारी नेपाली भने अझै पनि उद्धारको पर्खाइमा छन् । यद्यपि उनीहरुले पनि आज अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने आजै नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी छ ।

अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरि आवश्यक व्यवस्थापन गरिएको छ ।

मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button