वीरगञ्जमा व्यवसाय संवद्र्धन कार्यक्रम

वीरगञ्ज उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्यमा सञ्चालित बीआईसीसीआई स्टार्टअप एण्ड इन्क्युवेसन कार्यक्रम २०२६ अन्तर्गतको व्यवसाय संवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन निम्बस ग्रुपका अध्यक्ष तथा नेपालका प्रतिष्ठित उद्योगी जगदीश अग्रवालले गरेका थिए । संघका सहसचिव तथा स्टार्टअप तथा इनोवेसन समितिका संयोजक अनुप कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संका अध्यक्ष हरि प्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष माधव राजपाल र उपाध्यक्ष आशिष लाठको विशेष आतिथ्यता रहेको थियो ।
युवा उद्यमी तथा नवप्रवर्तन क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १३ दिने मास्टर क्लासमा व्यवसाय सञ्चालन, व्यवस्थापन, वित्तीय योजना, बजार विस्तार, ब्रान्डिङ, लगानी तयारी तथा सञ्चालन व्यवस्थापनलगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा स्टार्टअप तथा उद्यमशीलता क्षेत्रमा रुचि राख्ने युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूले व्यवसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार विश्लेषण, कानुनी अनुपालन, लगानी तयारी तथा सञ्चालन व्यवस्थापनका विविध पक्षमा व्यवहारिक ज्ञान हासिल गरेका छन्।
आयोजकका अनुसार कार्यक्रमले युवा उद्यमीहरूलाई व्यवसायिक सीप, ज्ञान तथा नेटवर्किङ अवसर प्रदान गर्दै नेपालको स्टार्टअप तथा नवप्रवर्तन इकोसिस्टमलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ उद्यम स्थापना तथा विद्यमान व्यवसाय विस्तारमा सहभागीहरूले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।



