No Image Headlineखबर फटाफटदेश

तीन सांसदको गठबन्धनलाई पछि पार्दै रास्वपा पर्सामा संस्थापन पक्षको क्लिन स्वीप

पर्सा जिल्लामा पार्टीभित्रको शक्ति सन्तुलनबारे स्पष्ट सन्देश दिदै पर्सा जिल्लाको प्रथम जिल्ला अधिबेसन सम्पन्न भएको छ ।

पर्सा जिल्लाका तीन सांसदको तर्फबाट उम्मेदवार बनेका पर्सा २ का साम्सद सुशील साह कानुको समूहलाई ठुलो मतान्तरले पराजित गर्दै संस्थापन पक्षका नेता तथा सांसद हरि पन्तले पार्टीमा आफ्नु वर्चस्व कायम राखेका छन्।

सोमबार बिहानबाट शुरु भै मंगलबार बिहान ४ बजे सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला अधिबेशनमा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नम्बर ३ का रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का टेकबहादुर शाक्य एकै पक्षमा उभिएर चुनावी मैदानमा होमिएका थिए। उनिहरु तिनै जना सम्सदिय चुनाबको उम्मेदवारी दर्ता हुनु हप्ता दिन अघि मात्र रास्वपा प्रबेश गरेका हुन ।

तर परिणाम आउँदा तीन सांसदको गठबन्धनलाई कार्यकर्ताले अस्वीकार गर्दै पन्त नेतृत्वको प्यानललाई एकलौटी जित दिलाएका छन्।

सभापति पदमा कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका पन्तले आफ्नो राजनीतिक पकड मात्र प्रमाणित गरेनन्, आफ्ना समर्थक उम्मेदवारलाई पनि सबै पदमा विजयी गराउँदै जिल्ला नेतृत्वमा पूर्ण नियन्त्रण स्थापित गरेका छन्।

उपसभापति, सचिव, सहसचिव र सदस्यसहित सबै पदमा पन्त पक्षका उम्मेदवार विजयी भएपछि निर्वाचन परिणामलाई रास्वपा पर्सामा “संस्थापन पक्षको जनमत” का रूपमा व्याख्या गर्न थालिएको छ।

पार्टीभित्रको एउटा धारले यसलाई नवप्रवेशीहरूको प्रभाव विस्तार गर्ने प्रयासविरुद्ध पुराना कार्यकर्ताको प्रतिवादका रूपमा समेत हेरेको छ।

पछिल्लो समय विभिन्न राजनीतिक दलबाट आएका नेताहरूको सक्रियता बढिरहेका बेला संगठन निर्माणमा सुरुदेखि खटिएका कार्यकर्ताले संस्थापन पक्षको पक्षमा मत जाहेर गरेको विश्लेषण गरिएको छ।

निर्वाचनअघि तीन सांसद एकै ठाउँमा उभिनुलाई पन्तविरुद्धको बलियो शक्ति प्रदर्शन मानिएको थियो।

तर मतपेटिकाबाट निस्किएको परिणामले भने फरक तस्वीर देखायो।

तीन सांसदको संयुक्त प्रभावभन्दा संगठनभित्रको कार्यकर्ता पंक्तिको भरोसा बलियो देखिएको टिप्पणी हुन थालेको छ।

रास्वपा पर्साको यो परिणामले एउटा सन्देश दिएको छ—सांसदको पदभन्दा संगठनको आधार ठूलो हुन्छ। र, त्यस आधारमा हरि पन्तले तीन सांसदको मोर्चालाई पराजित गर्दै संस्थापन पक्षको साख जोगाउन मात्र होइन, थप मजबुत बनाउन पनि सफल भएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button