No Image Headlineखबर फटाफटदेश
रास्वपा पर्सामा अधिवेशनलाई लिएर कुटाकुट

राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सामा विवाद चुलिएर कुटाकुटमा परिणत भएको छ । भर्खरै सम्पन्न भएको नगर अधिवेशनपछि भोलि आइतवार जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा शनिवार जिल्ला प्रशासन कार्यालय, पर्साअगाडि रहेको रास्वपा, पर्साको कार्यक्रममा कुटाकुट भएको हो ।
एक पक्षले अधिवेशन सार्नका लागि आज ज्ञापन बुझाएको थियो । अधिवेशनमा अनियमितता भएको आरोपसहित अधिवेशन सार्न खोजिएपछि अर्काे पक्षले भने तोकिएको समयमा अधिवेशन हुने अडान राख्दै आएको कारण विवाद चुलिएर कुटाकुटमा परिणत भएको हो । विवाद बढ्दै बाहिर सडकमा आएको थियो र एकअर्कामाथि मुक्का, लाती प्रहार गरेका थिए ।



