खबर फटाफटदेश

रास्वपा पर्सा–१ र २ का क्षेत्रीय सभापतिमा राम आर्य र फैयाज मिया चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सभापतिमा क्रमशः राम सुन्दर आर्य र फैयाज मिया चयन भएका छन्।

वीरगञ्जस्थित गेटवे होटलमा आज सम्पन्न क्षेत्रीय भेलाले आर्यलाई पर्सा–१ र मियालाई पर्सा–२ को सभापतिमा चयन गरेको हो।

पर्सा–१ को आर्य नेतृत्वमा गठन भएको सात सदस्यीय समितिमा उपसभापतिमा पम्फा गिरि र श्याम बाबु गुप्ता, सचिवमा कासिम मिया तथा सदस्यमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन्।

यस्तै, पर्सा–२ मा मियाको सभापतित्वमा बनेको समितिमा उपसभापतिमा परितोष द्विवेदी र शान्ति ढकाल, सचिवमा किशन साह र सदस्यमा विजय कुमार यादव, अमित शाह तथा प्रमोद कुमार उपाध्याय चयन भएका छन्।

रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै नै बाँकी रहेका क्षेत्र नम्बर ३ र ४ मा पनि समिति गठन गरी चारै क्षेत्रलाई पूर्णता दिने बताएका छन्। उनले जिल्लाका शिक्षित र बौद्धिक वर्गहरू पार्टीमा आकर्षित भइरहेको दाबीसमेत गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button