खबर फटाफटदेशमुख्य खबर

गोरखामा रात्रिबस दुर्घटना, २१ जना घाइते

गोरखामा मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।

बा ०१–००६ ख ४१३१ नम्बरको बस काठमाडौंबाट आरुघाट जाँदै गर्दा भीमसेन थापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बसमा सवार २२ मध्ये २१ जना घाइते भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं रिफर गरिएको छ। अन्य १९ जनाको उपचार आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button