No Image Headlineअर्थ

नाडा मधेस प्रदेशको अध्यक्षमा राहुल अग्रवाल अध्यक्षमा निर्वाचित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, मधेस प्रदेशको तेस्रो वार्षिक साधारणसभा वीरगञ्जमा सम्पन्न भएको छ। नाडाका केन्द्रीय अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा प्रदेशभरका अटोमोबाइल व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारणसभाले गत वर्षको गतिविधि, आर्थिक विवरण र भावी कार्ययोजनाको समीक्षा गर्दै आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। राहुल अग्रवाल नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा , विर्तमान अध्यक्षमा केदार अग्रवाल, प्रथम उपाध्यक्ष विवेक बेरीवाल, दोस्रो उपाध्यक्ष सन्तोष जयसवाल, तेस्रो उपाध्यक्ष विकास ठाकुर, चौथो उपाध्यक्ष किशोर भट्टराई, सचिवमा अभिषेक चौधरी, संयुक्त सचिवमा मुरारी केआर रौनियार, कोषाध्यक्ष दिपेन्द्र खेतान, संयुक्त कोषाध्यक्ष बिरेन्द्र केआर रौनियार, सेग्मेन्ट संयोजकहरू पीआर अफिसरमा राजु गुप्ता, मिडिया संयोजकमा सन्दीप अग्रवाल, जनसम्पर्क अधिकृतमा राजु गुप्ता रहेका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा संदिप कुमार महतो, बिजय कुमार अग्रवाल ,आनन्द अग्रवाल, अनुप अग्रवाल, संदिप अग्रवाल, रवि कुमार सिकरिया रहेका छन । त्यस्तै सिनियर एडभाइजरमा तेज नारायण साह , एडभाइजरमा बजरंग यादव रहेका छन ।

मनोनीत सदस्यमा राकेश गुप्ता, सुनिल सिंह, पवन कुमार गुप्ता आकाश सरार्फ, मनार्थ सदस्यमा प्रजवल अधिकारी, कानूनी सल्लाहकार ट्राफिकका प्रहरी उपरीक्षक राज कुमार सिलवाल रहेका छन ।

त्यस्तै बागमती प्रदेश चितवन अटोमोबाइलका अध्यक्ष कुल बहादुर श्रेष्ठ तथा हेटौंडाका अध्यक्ष ऋषि ढकालको समेत उपस्थिति रहेको थियो ।
नाडाका केन्द्रीय अध्यक्ष करण चौधरीले मधेस प्रदेशले छोटो समयमा उल्लेखनीय प्रगति गरेको भन्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे। उनले अटोमोबाइल क्षेत्रलाई प्रदेशको आर्थिक विकासको महत्वपूर्ण आधारस्तम्भको रूपमा उल्लेख गर्दै व्यवसायीहरूको हितमा संगठनले निरन्तर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पर्साका सिडियो तोय नारायण सुवेदी, पर्साका एसपी गौतम मिश्र,पर्साका ट्राफिक प्रमुख,उधोगपति अशोक टेमानीलगायत विभिन्न उद्योग संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

साधारणसभाले राजेश अग्रवाल, प्रकाश अग्रवाल, विवेक कुमार अग्रवाल, राज कुमार अग्रवाल र राजेन्द्र प्रसाद अग्रवाललाई सल्लाहकार टिममा मनोनयन गरेको छ। कार्यक्रममा सहभागी अतिथि र व्यवसायीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। अतिथिहरूलाई सम्मान र आभार प्रकट गरिएको थियो।

नाडा मधेस प्रदेशले व्यवसायीहरूको हित र अधिकार संरक्षण, प्रदेश र संघीय सरकारसँग सहकार्य, र व्यवसाय सहजीकरणलाई प्राथमिकतामा राखेको छ। साथै, प्रदेशभरका व्यवसायीहरूलाई संस्थागत रूपमा जोड्ने योजना अगाडि सारेको छ। साधारणसभाले मधेस प्रदेशको अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा र नेतृत्व प्रदान गरेको छ, जसले आगामी दिनमा यो क्षेत्रलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button