No Image Headlineअन्तराष्ट्रिय

अगस्ट १५ मा अलास्कामा ट्रम्प–पुटिन वार्ता, युक्रेन युद्ध अन्त्य मुख्य एजेन्डा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार (अगस्ट १५) अलास्कामा भेटवार्ता हुने भएको छ। उक्त वार्तामा युक्रेन युद्ध अन्त्यका उपायबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।

अमेरिकी राष्ट्रपतिले युद्ध रोक्नका लागि रुसमाथि दबाब बढाएपछि वार्ताको मिति तय भएको हो। यसअघि नै ट्रम्पले विभिन्न विषयमा सहमतिको नजिक पुगिसकेको बताउँदै वार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका थिए।

अलास्का वार्ताको स्थानको रूपमा यसअघि पनि प्रयोग भएको छ। सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले यहीँ आफ्ना चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए।

ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि दुई नेताबीच यो प्रत्यक्ष भेट पहिलो हुनेछ। यसअघि १२ फेब्रुअरीमा ट्रम्प र पुटिनबीच फोन वार्ता भएको थियो। १८ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्क रुबियो र रुसी विदेशमन्त्री सर्जी लाबरोभबीच छलफल भएको थियो। त्यसपछि १८ मार्चमा पुनः ट्रम्प–पुटिनबीच टेलिफोन वार्ता भएको थियो।

त्यसयता, ११ अप्रिलमा अमेरिकी दूत स्टिभ विटकोफले पुटिनसँग भेट गरेका थिए। १५ मेमा अमेरिकी कूटनीतिज्ञले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग संयुक्त छलफल गरेका थिए। यस्तै, ६ अगस्टमा रुसी तेल खरिदको कारण अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत कर लगाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button