No Image Headlineअर्थमुख्य खबर

पर्यटन कार्यालयविरुद्ध आन्दोलनको चेतावनी, भाठा धाम सौन्दर्यीकरणको भुक्तानी किन रोकियो ?

पर्सा जिल्लाको प्रमुख धार्मिक एंव पर्यटकीयस्थल भाथा धाममा रहेको दुग्धेश्वरनाथ महादेव मन्दिरमा शिवभक्तहरुको भिडभाड चलिरहँदा अहिले मन्दिर निर्माण तथा सरक्षण समितिका पदाधिकारीहरु भने त्यही मेलालाई लक्षित गरी भएको सौन्दर्यीकरणको कामको भुक्तानी नपाएर सरोकारका निकायमा हारगुहार लगाइरहेका छन् ।

मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको गत आर्थिक वर्ष २०८१/८२ को योजना अन्तर्गत दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिले ३९ लाख ५० हजार रुपैयाँ खर्च गरेर मन्दिरको सिढिंको रेलिङ र सौन्दर्यकरणको काम गरेको थियो । वीरगन्जस्थित पर्यटनन विकास कार्यालयले सौन्दर्यकरणलगायतका निर्माणका काममा खर्च भएको रकमको भुक्तानी रोकेपछि समस्या भएको समितिका समितिका अध्यक्ष अलखदेव प्रसाद थारुले बताए । भाठाधाममा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

प्रदेश सरकारका एक मन्त्रीको इशारमा पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमुख बबिता जयसवालले भुक्तानी रोकेको आरोप थारुले लगाएका छन् । सदस्य मनोज यादवका अनुसार, समितिले सबै काम सकाएर बील र भपाईसहितको फाइल भुक्तानीका लागि असार २३ गते पर्यटन विकास कार्यालय वीरगन्जमा पेस गरेको थियो ।

त्यसदिन कार्यालय प्रमुख जयसवालले असार २४ गते आउन भनेपछि त्यसदिन जाँदा फेरि जयसवालले असार २५ गते बुधबार आउन भन्दै फिर्ता पठाइदिएको यादवले बताए । असार २५ गते बुधबार बिहान १० बजे नै कार्यालयमा फाइल लिएर पुग्दा कार्यालय प्रमुख जयसवालले ६ घण्टा कुराएर फाइल कार्यालयका ईन्जिनियर दीपक यादवलाई जिम्मा लगाएकोमा अनेक बाहानामा आलटाल गर्दै भुक्तानी अड्काएको उनले बताए ।

ुभुक्तानी गर्ने प्रक्रियामा रहेकै बेला मधेस सरकारका पूर्वमन्त्री सिंहासन साह कलवारका भाई इन्द्रासन साह कलवार आफ्नो फाइल लिएर पुगेपछि कार्यालय प्रमुख जयसवालले पहिला कलवारको काम गर्नु भनेर इन्जिनियर यादवलाई आदेश दिनुभयो । असार २६ गते बिहान ७ बजे जयसवाललाई फोन गर्दा नेटवर्क र सर्भरले काम गरेन,ु त्यसैले तपाइहरुको भुक्तानी हुन सकेन भनेर जवाफ दिनुभयो, यादवले भने ।

भुक्तानी नभएपछि चिन्तामा परेका समितिका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेर गुनासो राखेका थिए । पर्सा राष्टिय निकुञ्जभित्र रहेको भाठा धाममा मन्दिर सौन्दर्यीकरण र रेलिङ निर्माणका लागि योजना परेको थियो ।

उपभोक्ता समिति गठन गरी आफू निकट ठेकेदारमार्फत काम गराउने योजना असफल भएपछि अनेक बाहाना झिकेर भुक्तानी रोकिएको आरोप यादवको छ । सो कामको जिम्मा वीरगञ्जका ठेकेदार राजेश पटेललाई दिने योजना बनेकोमा निकुञ्जले रोकिदिएको थियो ।

पर्यटन कार्यालयको आग्रहमा निकुञ्जले समितिमार्फत निर्माण र सौन्दर्यीकरणको अनुमति दिएपछि योजना ल्याउन ५ लाख रुपैयाँ खर्च भएको भन्दै ठकेदार पटेललाई सो रकम दिलाउन मन्त्रीले दबाब दिएको र ३ लाख रुपैयाँ दिइएको मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले बताए । जेठ २५ गतेनै तयार भएको कार्यदेशको पत्र कार्यालय प्रमुख जयसवालले समितिलाई असार १९गतेमात्रै दिएको पनि कुर्मीले बताए ।

भुक्तानी रोकिएपछि व्यपारीहरुबाट उधारोमा ल्याएको सामानको भुक्तानीको लागि दबाब आइरहेको समितिका पदाधिकारीहरुले बताए । ुसबै सामान उधारोमा किनेर लगाएको छ । ज्यलामजदुरको पैसा अरुबाट सापटी मागेर दिएका छौं । अब उनिहरुले ताकेता गरिरहेका छन्,ु यादवले भने ।

भुक्तानी नपाए पर्यटन विकास कार्यालय प्रमुखविरुद्ध सडकमा उत्रिने चेतावनी समितिका अध्यक्ष थारुले दिएका छन् । यता पर्यटन कार्यालय प्रमुख जयसवालले भने अन्तिम समयमा भुक्तानीका लागि कागजपत्र पेश भएकाले भुक्तानी हुन नसकेको बताएकी छन् । उनले स्थानीय सञ्चारमाध्यमसँगकुरा गर्दै गत वर्ष भुक्तानी हुन नसकेको रकम चालू आवमा १८ नम्बर फाराम भरेर भुक्तानी हुने दाबी गरेकी छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button