युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द, हजारौं यात्रु प्रभावित

युक्रेनबाट भएका भीषण ड्रोन आक्रमणपछि मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। यस कारण ठूलो संख्यामा उडानहरू प्रभावित भएका छन् भने हजारौं यात्रु रोकिएका छन्।
शनिबारदेखि आइतबार साँझसम्म रूसका विभिन्न स्थानमा गरी कुल २३० वटा ड्रोन आक्रमण भएको रूसी अधिकारीहरूले बताएका छन्। यसै क्रममा युक्रेनको राजधानी किभमा मात्रै २८ ड्रोन प्रहार भएपछि १४० उडान रद्द गर्नुपरेको हो।
रूसी नागरिक उड्डयन नियामक निकायका अनुसार चार वटा विमानस्थलमा विशेष सतर्कता अपनाइएको छ। मस्कोको प्रमुख विमानस्थल २४ घण्टामा १० पटक बन्द गर्नुपरेको बताइएको छ। रुसी अधिकारीहरूले यसलाई हालसम्मकै सबैभन्दा ठूलो हवाई अड्चनको रूपमा लिएको छन्।
रूसको दक्षिणी कालुगा प्रान्तमा युक्रेनी आक्रमणको असर देखिएको छ। रूसी सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि बेलुकासम्म मात्र ४५ वटा ड्रोन निस्तेज पारिएका छन्। आक्रमणका कारण मस्कोको हवाई सेवा प्रभावित हुँदा करिब ६० हजार यात्रु प्रभावित भएका छन्।
युक्रेनले पनि रूसी आक्रमणका कारण दुई जनाको ज्यान गएको जनाएको छ। ज्यान गुमाउनेमध्ये एक ७८ वर्षीया महिला रहेको जनाइएको छ। युक्रेनी सेनाका अनुसार रूसले प्रहार गरेका ५७ ड्रोनमध्ये १७ वटा ड्रोन नष्ट गरिएका छन्।
युद्धको पछिल्लो तनावबीच क्रेमलिनका प्रवक्ता डेमेट्री पेस्कोभले रूस वार्ताका लागि तयार रहेको तर आफ्ना “रणनीतिक लक्ष्यहरू” भने नछाड्ने स्पष्ट पारेका छन्।



