No Image Headlineदेश

चुनावको ३ वर्षपछि अन्तरघातको आरोपमा कांग्रेसले गर्‍यो कारवाही, कोको परे कारवाहीमा ?

नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको प्रमाणित भएका १८ जना नेताहरूमाथि कारबाहीको डन्डा चलाएको छ ।

२०७९ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको पुष्टि भएपछि ती १८ जना नेतालाई कांग्रेसले कारबाही चलाएको हो ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार ६ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।समितिले १२ जना नेतालाई निश्चित अवधिका लागि निलम्बन गरेको छ । समितिका संयोजक ढुंगानाले अरू ६ जनालाई एक वर्षका लागि पार्टीबाट निस्कासन गरिएको जानकारी दिए ।

उनले बाँकी १२ मध्ये ११ जनालाई ६ महिनाका लागि र एक जनालाई तीन महिनाका लागि निलम्बन गरिएको बताए । ढुंगानाका अनुसार असार ९–१७ गतेसम्म बसेको समितिको बैठकले गत निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्नहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

पार्टीबाट निष्कासनमा पर्नेहरूमा प्रदेश महामन्त्री, जिल्ला सभापति र प्रदेश सरकारका पूर्वमन्त्रीसम्म परेका छन् । यस्तै पार्टीका पूर्वजिल्ला सभापतिदेखि क्रियाशील सदस्यसम्मका नेता–कार्यकर्ताहरू तीनदेखि छ महिनालाई निलम्बनमा परेका छन् ।

एक वर्षका लागि निष्कासित

विक्रम खनाल, महामन्त्री (लुम्बिनी प्रदेश)
कुमार खड्का, पूर्वमन्त्री (गण्डकी प्रदेश)
विष्णुकमार राई, सभापति (खोटाङ)
तुलसी सुब्बा, महासमिति सदस्य (तेह्रथुम)
अरविन्दकुमार गुप्ता, क्षेत्रीय सभापति (पर्सा–१)

६ महिनालाई निष्कासित

आनन्द यादव, सभापति (लक्ष्मीनिया गाउँपालिका, धनुषा)

६ महिनालाई निलम्बन

खटरू यादव, नगर सभापति (सबैला नगरपालिका, धनुषा)
रामबाबु यादव, (धनुषाधाम नगरपालिका–१, धनुषा)
फुलगेन यादव, सभापति (मुखियापट्टी मुसहरनिया, धनुषा)
भावना श्रेष्ठ, क्षेत्रीय सहसचिव (कास्की–२)
पूर्णकुमार कुँवर, पूर्व सचिव (कैलाली)
भीम्बहादुर शाह, महाधिवेशन प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
आनन्दराज जोशी, पूर्व महासमिति सदस्य (धनगढी उपमहनगरपालिका–१, कैलाली)
रवीन्द्रप्रताप सिंह, क्षेत्रीय प्रतिनिधि (धनगढी उपमहानगरपालिका–२, कैलाली)
लेखराज ओझा, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–१, कैलाली)
सुभाष चन्द, क्रियाशील सदस्य (धनगढी उपमहानगरपालिका–५, कैलाली)
बब्लुकुमार चौधरी, पूर्व महाधिवेशन प्रतिनिधि (कैलाली)

तीन महिनालाई निलम्बन

कृष्ण केसी, पूर्व सभापति (कास्की)

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button