No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

१० जना महिलालाई बलात्कार गर्ने विद्यार्थीलाई आजीवन कारावास

यौन अपराधका लागि चिनियाँ नागरिक झेनहाओ झाउलाई लन्डनको एक अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। झाउले बेलायत र चीनमा गरी १० जना महिलामाथि बलात्कार गरेको पुष्टि भएपछि उनलाई न्यूनतम २४ वर्ष जेलमा बस्नुपर्ने फैसला गरिएको हो।

लन्डनस्थित मेट्रोपोलिटन प्रहरीका अनुसार झाउले सन् २०१९ देखि २०२३ सम्म तीन जना महिलालाई लन्डनमा र सात जनालाई चीनमा नशालु पदार्थ खुवाएर बलात्कार गरेका थिए। पीडितमध्ये तीनजनाको मात्र पहिचान भएको छ, तर प्रहरीले उनीमाथि अरू दर्जनौँ महिलालाई पनि निशाना बनाएको हुन सक्ने शंका गरेको छ।

प्रहरीले थप पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ। मुद्दा सुरु भएदेखि हालसम्म २४ जना महिलाले प्रहरीसँग सम्पर्क गरेका छन्।

झाउमाथि चलाइएको मुद्दामा अभियोजनकर्ताहरूले उनको अपराध योजनाबद्ध र क्रूरतापूर्ण भएको जनाएका छन्। अदालतले बलात्कारका केही भिडियोहरू समेत अवलोकन गरेको थियो। ती भिडियोहरू अत्यन्तै पीडादायक भएको न्यायाधीश रोसिना कटेजले बताइन्।

सजाय सुनाउँदै न्यायाधीश कटेजले भनिन्, “तिमी एक सम्पन्न, आकर्षक व्यक्ति जस्तो देखिन्छौ, तर तिमी यौन सिकारी हौ। तिमीले महिलाहरूलाई योजना बनाएर ललायन गरेँ र यौन वस्तु सरह व्यवहार गर्यौ।”

अदालतका अनुसार झाउले बलात्कारबाहेक अरू गोप्य गतिविधि र अश्लील तस्बिरहरू राखेको, झुटो कारावास तथा यौन अपराध गर्न प्रयोग हुने औषधि राखेको अभियोगमा समेत दोषी ठहर गरिएका छन्।

पीडित महिलाहरूको बयान अनुसार, झाउको व्यवहारले उनीहरूको जीवनमा गहिरो मानसिक असर पारेको छ। एक महिलाले भनिन्, “मानिसमाथिको मेरो विश्वास नै गुमिसकेको छ।” अर्की पीडित, जो अहिले चीनमा बस्छिन्, उनले भनिन्, “त्यो रात के भयो भन्ने कुरा सधैं मेरा आँखामुनि आउँछ। उसलाई म कहिल्यै माफ गर्न सक्दिनँ।”

मेट्रोपोलिटन प्रहरीका कमान्डर केभिन सथ्वर्थले झाउजस्तो अपराधी अब समाजमा अरूलाई हानि गर्न नसक्ने स्थिति बनेकोमा आशा व्यक्त गर्दै थप पीडितहरूलाई अघि आउन अनुरोध गरेका छन्।

क्राउन प्रोसिक्यूशन सर्भिसकी सायरा पाइकले झाउलाई “शृङ्खलाबद्ध बलात्कारी” भन्दै आजीवन सजाय उचित भएको बताइन्। उनले झाउविरुद्ध बोलेका महिलाहरूको साहसको प्रशंसा गर्दै भनिन्, “उनीहरूकै बलिदान र साहसका कारण न्याय सम्भव भयो।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button