No Image Headlineखबर फटाफटदेश

पर्सामा मानव बेचबिखनमा संलग्न पक्राउ, छोरीको बालविवाह गराउने आमा प्रहरीको नियन्त्रणमा

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति पर्सा जिल्ला चितवन माडी खरकट्टाका ४१ वर्षीय दीपक खड्का रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार ४ गते ठोरी गाउँपालिका–२ ठोरी बजारबाट दीपक खड्का नामका व्यक्ति पक्राउ परेका हुन्।

विज्ञप्तिमा उल्लेख अनुसार, खड्काले वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभन देखाउँदै पर्साका विभिन्न स्थानका व्यक्तिहरूलाई भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले तत्काल उद्धार गरी उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार पक्राउ परेका खड्काविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

यसैगरी यही असार १ गते बिहान आफ्नै छोरीको जबरजस्ती बालविवाह गराएको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले आफ्नी नाबालिग छोरीको विवाह गर्दा ४ लाख ८० हजार रुपैयाँ नगद लिएको र विभिन्न प्रलोभन देखाएर विवाह गराएको उजुरीका आधारमा अनुसन्धान थालिएको हो।

उजुरी प्राप्त भएपछि प्रहरीले असार ४ गते ती महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको डिएसपी लम्सालले बताए ।

पक्राउ परेकी महिलाको परिचय गोप्य राखिएको छ भने हाल उनलाई बालविवाहसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button