No Image Headlineअर्थ

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, र सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०६ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा रहेको छ।

थाइ भाटको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २४ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

त्यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४३ पैसा, र डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ३२ पैसा र बिक्रीदर २१ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

हङकङ डलरको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनारको खरिददर ४५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ९१ पैसा, बहराइन दिनारको खरिददर ३६७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६६ पैसा, र ओमनी रियालको खरिददर ३५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १७ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले प्रकाशित विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ। यद्यपि, वाणिज्य बैंकहरूले तोक्ने दरमा केही अन्तर हुन सक्ने भएकाले अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button