No Image Headlineअन्तराष्ट्रिय

अहमदाबाद विमान दुर्घटनाको दोस्रो ‘ब्ल्याक बक्स’ फेला, २७९ जनाको शव गणना

भारतको अहमदाबादस्थित आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानको दोस्रो ‘ब्ल्याक बक्स’ आइतबार फेला परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पी.के. मिश्रले जहाजको दुबै ‘ब्ल्याक बक्स’ फेला परेको पुष्टि गरेका छन्।

यसअघि, गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो। यी उपकरणहरूले विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।

बिहीबार दिउँसो करिब ९,३०० फिटको उचाइमा रहँदै गर्दा एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटनामा परेको थियो। उक्त विमान अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडिरहेको थियो। चालक दलसहित विमानमा २४२ जना यात्रु सवार थिए।

दुर्घटनापछि एक जना यात्री चमत्कारिक रूपमा जिवितै उद्धार भएका छन्। प्रहरी उपप्रमुख कानन देसाईका अनुसार हालसम्म २७९ जनाको शव फेला परेको छ भने ४७ जनाको पहिचान भइसकेको छ।

विमान खसेको आवासीय क्षेत्रमा कम्तीमा ३७ जना स्थानीयको मृत्यु भएको प्रारम्भिक जानकारी छ। प्रशासनका अनुसार मृतकहरूको आधिकारिक सङ्ख्या भने डिएनए परीक्षणपछि मात्र सार्वजनिक गरिनेछ।

दुर्घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button