No Image Headlineखबर फटाफटदेश

नेपाल–भारत विकास साझेदारी कार्यक्रम : सात स्थानीय तहलाई एम्बुलेन्स

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास, वीरगंजले शनिवार मधेस प्रदेशका सातवटा स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहका प्रतिनिधिलाई महावाणिज्यदूत देवीसहाय मीणाले एम्बुलेन्सका साँचो हस्तान्तरण गरेका थिए ।

भारतबाट उपहारस्वरूप एम्बुलेन्स प्राप्त गने पालिकाहरूमा ईश्वरपुर नगर अस्पताल सर्लाही, मटियानी नगरपालिकाको कार्यालय महोत्तरी, सार्वजनिक स्वास्थ्य केन्द्र कादरबोना सुरुङ्गा नगरपालिका सप्तरी, आधारभूत स्वास्थ्य केन्द्र राजविराज सप्तरी, रामपुर खाप स्वास्थ्य चौकी (जन्म केन्द्र) परोहा नगरपालिका–८ रौतहट, मधेस प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय धनुषा, करैयामाई गाउँपालिका (जन्म केन्द्र सिहोरवा) बारा छन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रउ राधेश्याम धिमाल लगायतको सहभागिता थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button