No Image Headlineअर्थ

पर्सामा सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित ब्रोइलर कुखुराका ७५०० चल्ला बरामद, तीन मोटरसाइकल नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरिएका प्रतिबन्धित ब्रोइलर कुखुराका ७५ कार्टुन (७५०० गोटा) चल्ला बरामद गरेको छ।

भारततर्फबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ती चल्लाहरू नियन्त्रणमा लिएको हो।

बरामद गरिएका कुखुराका चल्लाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी गण नं. १३ को परिसरमै नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

यसैबीच, प्रतिबन्धित चल्ला ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको पनि उनले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button