No Image Headlineअन्तराष्ट्रिय

युक्रेनले गयो रुसविरुद्धको सबैभन्दा लामो दूरीको हमला, ४० वटा युद्ध विमानलाई लक्षित

युक्रेनले रुसविरुद्ध हालसम्मकै सबैभन्दा लामो दूरीमा ड्रोन हमला गर्दै ४० वटा युद्ध विमानलाई लक्षित गरेको छ। आइतबार राति गरिएको यो आक्रमणमा युक्रेनी ड्रोनहरूले रुसका चार सैन्य आधारमा व्यापक क्षति पुर्‍याएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार सार्वजनिक गरेको जानकारीअनुसार, यो अपरेसनमा ११७ वटा ड्रोन प्रयोग गरिएको थियो। ‘स्पाइडर वेब’ भनिने उच्च प्रविधिको सुरक्षा संयन्त्रमार्फत ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल भण्डारण केन्द्रहरूमा आक्रमण गरिएको उनले बताए। जेलेन्स्कीका अनुसार उक्त प्रविधि विकास गर्न युक्रेनलाई १८ महिना लागेको थियो।

रुसले युक्रेनी ड्रोन आक्रमणलाई ‘आतङ्ककारी गतिविधि’ भन्दै निन्दा गरेको छ। रुसी अधिकारीहरूका अनुसार युक्रेनले देशका पाँच अलग–अलग क्षेत्रमा हमला गरेको छ। यता, युक्रेनी पक्षले पनि रुसी मिसाइलले आफ्नो भूमिमा निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ।

यो आक्रमण शान्ति वार्ताको दोस्रो चरण सुरु हुनै लाग्दा भएको हो। टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनबीच वार्ताको अर्को चरण तय भएको छ। दुबै पक्षले वार्ताका लागि तयारी गरिरहेकै बेला यो सैन्य गतिविधिले तनाव झनै बढाएको छ।

रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि युक्रेनको करिब २० प्रतिशत भू–भागमाथि नियन्त्रण कायम गरेको छ।

आइतबारको अपरेसनबारे बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्ना सुरक्षाकर्मीहरूको प्रशंसा गरेका छन्। उनले अपरेसनमा संलग्न सबै ड्रोनमा फरक–फरक पाइलट थिए र सबै सुरक्षित रूपमा फर्किएको जानकारी दिएका छन्। युक्रेनले यो हमलामा रुसको करिब सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नष्ट भएको दाबी पनि गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button