
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्सा, प्रसिसु गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले रु १३ लाख ३ हजार ६०० बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल जेठ १४ गते, वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगरको जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा भारतबाट भन्सार छली चोरी पैठारी गरी राखिएको कपडा, चिनी, मरिच र चकलेट फेला पारिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सामान नियन्त्रणमा लिएपछि आवश्यक कारबाहीका लागि उक्त सम्पूर्ण सामग्री २०८२ जेठ १५ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।



