No Image Headlineअन्तराष्ट्रिय

रुस-युक्रेन युद्धः युद्धविराम सहमतिमा मात्र पुटिन-जेलेन्स्की वार्ता सम्भव

क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता हुन war चाहिएको छ भने त्यसका लागि युद्धविरामसम्बन्धी प्रारम्भिक सहमति अनिवार्य हुने स्पष्ट पारेको छ।

मस्को र किएभबीच तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको भोलिपल्ट क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएअनुसार राष्ट्रपति स्तरको वार्ताको लागि दुबै देशका प्रतिनिधिमण्डलबीच ठोस सहमति हुनुपर्नेछ।

यसैबीच, पूर्वी सुमी क्षेत्रमा रूसी ड्रोन आक्रमणमा परेका एक मिनीबसमा नौ सर्वसाधारणको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। आक्रमण युक्रेनले युद्धविरामको अवसरको अपेक्षा गरिरहेका बेला भएको हो। राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै रुसले युद्धविरामको सट्टा “हत्या गर्ने अवसर” सुरक्षित गरेको टिप्पणी गरेका छन्।

जेलेन्स्कीले युक्रेनका मित्र राष्ट्रहरूलाई मस्कोमाथिको प्रतिबन्ध थप कडा पार्न आग्रह गरेका छन्। उनले भने, “रुसमाथि पर्याप्त दबाब र प्रतिबन्धबिना कुनै वास्तविक कूटनीतिक प्रक्रिया सम्भव छैन।”

सन् २०२२ को वसन्तयता पहिलो पटक इस्तानबुलमा भएको वार्तामा युक्रेन र रुसले एक-एक हजार युद्धबन्दीहरूको आदानप्रदानमा सहमति जनाएका छन्। युक्रेनका रक्षामन्त्री तथा प्रमुख वार्ताकार रुस्तम उमरोभले अबको अर्को कदम राष्ट्रपति स्तरको वार्ता हुने संकेत गरेका छन्।

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले युद्धबन्दीहरूको आदानप्रदान सम्पन्न भएपछि मात्र दुबै देशले युद्धविरामका सम्बन्धमा आफ्नो दृष्टिकोण स्पष्ट गर्ने बताए। प्रवक्ता पेस्कोभका अनुसार, “प्रतिनिधिमण्डलले सहमति गरेको युद्धबन्दीको आदानप्रदान पहिलो प्राथमिकता हो।”

युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले भनेका छन् कि आगामी हप्तामा युद्धबन्दीहरूको आदानप्रदान कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button