खेल संसार

प्लेअफ दौडबाट बाहिरियो कोलकाता

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बैङ्गलोर र कोलकाताबीचको बहुप्रतीक्षित खेल वर्षाका कारण बिना एक बल पनि नखेली रद्द भएको छ।

खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन्। तर, यो परिणाम कोलकाताका लागि निकै निराशाजनक रह्यो, किनभने प्लेअफ सम्भावना जिवित राख्न उसलाई जित अनिवार्य थियो। नतिजास्वरूप, डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ।

अर्कोतर्फ, बैङ्गलोरले अझै पनि प्लेअफको ढोका खुलै राखेको छ। बाँकी खेलहरू जित्न सकेमा शीर्ष चारमा पुग्ने उसको सम्भावना कायम छ।

खेल वर्षाले प्रभावित भएपछि समर्थकहरूमा ठूलो निराशा देखिएको छ। धेरैले सामाजिक सञ्जालमार्फत यति महत्वपूर्ण खेलका लागि ‘रिजर्भ डे’ नराखिएको भन्दै आयोजकको आलोचना गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button