No Image Headlineखबर फटाफटदेश

विपद्का घटनाबाट पछिल्लो २४ घण्टामा चारको मृत्यु, ५० जिल्ला प्रभावित

प्रिमनसुनको समयमा देशभर भइरहेको मौसमीय परिवर्तनसँगै आएको हावाहुरी, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाले पछिल्लो २४ घण्टामा चार जनाको ज्यान लिएको छ भने २८ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका ५० जिल्ला यस्ता घटनाबाट प्रभावित भएका छन्। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएको जानकारी दिए। त्यस्तै, चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एक जना घाइते भएका छन्।

शुक्रबारको २४ घण्टाको अवधिमा देशभर ९४ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनाबाट करिब १ करोड ८ लाख रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। साथै दुईवटा पशुचौपायाको पनि मृत्यु भएको बताइएको छ।

सबैभन्दा बढी ५९ वटा हावाहुरीका र १६ वटा आगलागीका घटना भएका छन्। अन्य घटनाहरूमा चट्याङ, पहिरो, बाढी र अविरल वर्षा समावेश छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक असर पुर्‍याइरहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button