देशमुख्य खबर

आजको मौसम : देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत देखिएको महाशाखाको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेश प्रदेशको पश्चिमी भाग, बागमती, गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा देखि आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागहरूमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। महाशाखाले सतर्क रहन सुझाव दिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button