देशमुख्य खबर

आज विश्व प्रेस स्तन्त्रता दिवस : सन् २०२४ मा १२२ पत्रकार मारिए, नेपालको अवस्था के छ ?

आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । सरोकारका पक्षलाई प्रेस स्तन्त्रता, मानवअधिकार र अभिव्यक्ति स्तन्त्रतामा जिम्मेवार बन्न दबाब दिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा घोषणा गरेको छ । सन् १९९१ मा नाबिबियाको विन्डहोकमा अफ्रिकी समाचारपत्रका पत्रकारहरूले संयुक्त रूपमा राखेको स्वतन्त्र प्रेस सिद्धान्तको घोषणाअनुरुप संघले सन् १९९३ मा घोषणा गरेपछि प्रत्येक वर्ष मे ३ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

प्रेस स्वतन्त्रताको महत्वबारेमा जागरूकता बढाउन र सन् १९४८ को मानव अधिकारको धारा १९ अन्तर्गत निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान समर्थन गर्न र विन्डहोक घोषणाको वार्षिकोत्सवको अवसरमा यो मनाउन थालिएको हो ।

सन् २०२४ मा विश्वमा १२२ जना पत्रकार मारिएका छन् । अन्तरराष्टिय पत्रकार संघका अनुसार तीमध्ये १४ जना महिला पत्रकार छन् । तीमध्ये ७७ जना मध्यपूर्व र अरब देशमा छन् । अधिकांश गाजा र लेबनन युद्धमा मारिएका छन् ।

नेपालको अवस्था

नेपालमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् ।

महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् ।
पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहार अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ ।

महासङ्घले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चार माध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button