खबर फटाफटदेश

सशस्त्र प्रहरीले भन्सार एरियाबाट समात्यो स्रोत नखुलेको ९ लाख ५९ हजार, तीन भारतीय नागरिक र गाडी भन्सारमा बुझाइयो

सशस्त्र प्रहरी बलले श्रोत नखुलेको नेपाली रुपैयाँ ९ लाख ५९ हजारसहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिई स्कार्पियो गाडीसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

शुक्रबार साँझ करिब ७ बजे वीरगञ्ज १६ स्थित त्रिभुवन राजपथ सडकखण्डको भन्सार चेकजाँच बिन्दु भन्दा करिब ५० मिटर अगाडि नेपालतर्फ आउँदै गरेको बीआर २२ पी ८३०० नम्बरको सेतो रंगको भारतीय स्कार्पियो गाडीलाई चेकजाँचका क्रममा रोकी तलाशी लिइएको थियो।

लुकाइछिपाई ल्याइएको नगद फेला परेपछि गाडीमा सवार तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो। बरामद गरिएको स्कार्पियो गाडीको भन्सार मूल्याङ्कन करिब ३० लाख रुपैयाँ गरिएको छ।

नियन्त्रणमा परेका व्यक्तिहरुमा विजय प्रसाद, मनोज कुमार सहनी र सन्तोष कुमार श्रीवास्तव रहेको सशस्त्र प्रहरी १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button