कला/साहित्यखबर फटाफट
वीरगञ्जमा मनाइयो परशुराम जयन्ति

नेपाल मारवाडी ब्राम्हण मंडल वीरगञ्जले परशुराम जयन्ति मनाएको छ । परशुरामलाई भगवान विष्णुको छैठौं अवतार मानिन्छ ।
वीरगञ्जको राणी सती अतिथि सदनमा अध्यक्ष सञ्जयकुमार शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । उपाध्यक्ष सुभाष शर्मा र रविशंकर शर्मा, सचिव विकास शर्मा, सहसचिव सुनील शर्मा, कोषाध्यक्ष सञ्जीव शर्मा, सहकोषाध्यक्ष मदनकुमार शर्मा र सदस्यहरु पारिक, पंकज शर्मा, वैभव शर्मा, राजिव शर्मालगायतको सहभागिता थियो ।
करीब ४०० जना भक्तजनको सहभागिता रहेको कार्यक्रममा भजन किर्तन पनि गरिएको थियो ।




