No Image Headlineखबर फटाफट

भारतको किट विश्वविद्यालयमा पर्साकी छात्रा मृत फेला, कारण खोज्दै भारतीय प्रहरी

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन् । बिहीबार पर्साकी प्रिसा साह मृत फेला परेकी हुन् ।

उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् ।

गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् ।

उनको मृत्युको कारण खुलिसकेको छैन् । साहको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button