अन्तराष्ट्रिय

क्यानडामा आमनिर्वाचन सम्पन्न, कहिले आउला परिणाम ?

क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका नेता जस्टिन ट्रडेउलाई विस्थापित गर्दै मार्क कार्नी प्रधानमन्त्री भएको ६ सातामा नै यो निर्वाचन भएको हो।

लिबरल पार्टीका कानी तथा कन्जरभेटिका पियरे पोलिभिरेको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

निर्वाचन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। कार्नीले क्यानडेली अझ दृढ र बलियो हुनुपर्नेमा जोड दिए।

यस निर्वाचनमा दुवै दलले समान मुद्दा उठाएका छन्। पोलिभिरेले पनि ट्रम्पलाई क्यानडा आफ्नो आन्तरिक समस्या आफैं समाधान गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकाले लगाएको ट्यारिफको प्रतिकार गर्न तयार भएको दुवै दलले बताइसकेका छन्। साथै अमेरिकाबाट क्यानडामा भित्रने सामानमा कर लगाउने कुरामा पनि दुवै नेता सहमत भइसकेका छन्। ३४३ स्थानमा भएको मतदानमा सरकार गठनका लागि १७२ सिट जित्नु आवश्यक छ।

हालका प्रधानमन्त्री कार्नी क्यानडामा सफलता पाएका अर्थशास्त्री हुन्। उनी राजनीतिमा प्रवेश गरेको पनि धेरै वर्ष भएको छैन। पोलिभिरे भने दुई दशकदेखि राजनीतिमा छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button