आजको मौसम : यी स्थानमा हुनेछ मेघ गर्जनसहित वर्षा

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशीसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
केही पहाडी स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। आज सूर्योदय बिहान ५:३२ बजे भएको थियो भने सूर्यास्त साँझ ६:३३ बजे हुनेछ।



