खेल संसार

रियल म्याड्रिडको जित : इन्जुरी समयमा निर्णायक गोल

रियल म्याड्रिडले यस सिजनको स्पेनिस ला लिगामा आफूलाई उपाधिको होडमा कायम नै राखेको छ। गएराति भएको खेलमा फेडरिको भेल्भार्डेले इन्जुरी समयमा गरेको गोलको सहयोगमा एथलेटिक क्लबलाई १-० ले हराएको रियलले उपाधिको होडमा आफूलाई कायमै राखेको हो।

बराबरीतर्फ उन्मुख खेलमा भेलभार्डेले प्रहार गरेको बल गोलमा परिणत भएको थियो। उनको रियलका लागि यस सिजनमा यो छैटौँ गोल हो।

फ्रान्सेली स्टार केलिएन एम्बाप्पे गत खेलमा रातो कार्ड पाएका कारण आइतबारको खेलमा सहभागी हुन पाएनन्। जितपछि रियल म्याड्रिड ६ खेल बाँकी रहेको समयमा शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछि छ।

ला लिगामा आइतबार भएका अन्य खेलमा ओसासुनाले रियल भालाडोलिडलाई ३-२ ले हरायो। भिल्लारियल र रियल सोसीडाड बीचको खेलमा २-२ गोलको बराबरी भयो। सेभिया र डेपोर्टिभो अल्भासको बिचमा १-१ गोलको बराबरी गरेका छन्।

तालिकामा बार्सिलोनाको ७३, रियल म्याड्रिडको ६९, एट्लेटिको म्याड्रिडको ६९ तथा एट्लेटिको क्लबको ५७ अंक छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button