अन्तराष्ट्रिय

चीनलाई थप ५० प्रतिशत कर बढाउने ट्रम्पको चेतावनी

अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका हुन्।

सोमबार ह्याइट हाउसमै आफ्नो कुरा राख्नेक्रममा राष्ट्रपति ट्रम्पले वार्ताका नाममा आफ्ना कुनै घोषणा र योजनामा ढिलाई नगर्ने बताए। यो निर्णय लागू भएमा अमेरिका पुग्ने चीनको कुनै सामानको कर १०४ प्रतिशतसम्म हुनेछ।

सामाजिक सञ्जाल ट्रुथमा आफ्नो कुरा राख्दै ट्रम्पले शुक्रबार घोषणा गरेको ३४ प्रतिशत महसुलको निर्णयबाट चीन पछि नहटेमा अमेरिकाले पनि थप घोषणा गर्ने जनाएका हुन्। यसअघि अमेरिकाले मार्चमा २० प्रतिशत कर तथा गत साता थप ३४ प्रतिशत कर लगाउने निर्णय गरेको थियो।

बेइजिङले भने चीनलाई दबाब दिनु र थर्काउनु मात्र सही नभएको बताएको छ। उनले विगतमा भएको धेरै व्यापार सहमति र सम्झौता अमेरिकाको विपक्षमा रहेको भन्दै आफू अमेरिका फस्टको पक्षमा सधैँ अडिग रहने बताएका छन्।

अहिले चीन र अमेरिकाको यो व्यापार युद्धका कारण विश्व बजारमा नै त्रास उत्पन्न भएको छ। अमेरिका मुख्य बजार भएका चीनका धेरै उत्पादन अहिले समस्यामा परेका छन्।

ट्रम्पले यी सबै घोषणा लागू भएपछि पनि वार्ताको क्रममा जारी नै रहने बताएका छन्। यस क्रममा ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि भेट गरेका छन्।

अमेरिकी स्वतन्त्रता दिवसको उपलक्ष्यमा घोषणा गरिएको कर अनुसार इजरायली समानमा पनि १७ प्रतिशत कर लगाउने घोषणा गरिएको छ। राष्ट्रपति ट्रम्पले जापानले वार्ता टोली पठाउन लागेको बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button